देश

आफू निर्वाचित हुनेमा सिर्जना सिंह ढुक्क


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरकी पदकी उम्मेदवार सि र्जना सिंहले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन् । काठमाडौंको विभिन्न मतदान केन्द्र अवलोकनका गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले काठमाडौंलाई महाघरको रुपमा सफा, सुन्दर र सुशासनयुक्त बनाउने बताइन् । म जित्नेमा एकदम आशावादी छु । मेरो काठमाडौं महानगर बनाउने संकल्प छ । म एकदम उत्साहित पनि छु’ उनले भनिन् । शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन, सरसफाइजस्ता विषयलाई आफूले प्राथमिकता दिने सिर्जनाले बताइन् । ‘मेरो जित भनेको सबै महिलाहरुको पनि जित हो’ सिर्जनाले भनिन् ।