देश

वाईसीएलका एक नेतामाथि खुकुरी प्रहार


काठमाडौँ — बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग वाईसीएलका एक नेतामाथि खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिका(१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएका हुन् । घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।