Breaking

शेखरलाई देउवाको फोन ‘तपाईँ चितवन आइदिनु पर्यो जवाफ ‘भ्याउँदिन’

योहो संवाददाता

काठमाडौँ —सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर शेखर कोइरालालाई टेलिफोन गरि कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्न बुधबार नै चितवन पुगेका सभापति देउवाले शेखर कोइरालालाई बिहीबार बिहान टेलिफोन गरेका हुन् । स्रोतका अनुसार कोइरालाले जवाफमा आउन नभ्याउने बताएका छन् । उनले ढिलो खबर आएकोले आउन नभ्याउने बताएको हुन् । उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रम विराटनगर रहेकाले चितवन आउन नभ्याउने बताएको स्रोतको भनाइ छ ।

उता कोइरालाको सचिवालयले पनि देउवाले फोन गरेर बोलाएको पुष्टि गरेको छ । जवाफमा कोइराला व्यस्त भएका कारणले जान नसक्ने भनरे भनेको उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसले चुनावी अभियानलाई केन्द्रीत गरेर देशका प्रमुख १० शहरमा कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत आज चितवनमा कार्यक्रम छ । जसमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।