Breaking

तीर्थयात्री बोकेको बस दुर्घटना पाँच जनाको मृत्यु घाईतेहरुको उद्धारकार्य जारी


काठमाडौँ — तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चा सहित पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ३० को विक्रम श्रेष्ठ, ४५ वर्षीय हरिबहादुर बल, ४५ वर्षीय रमिला नेपाली, ३० वर्षीय सम्झना भुसाल र उनको ६ वर्षीय संगीत भुसाल रहेका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका(११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ ।
यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो । काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए । दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।