काठमाडौँ – सरकारको निर्णयअनुसार धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफु भन्दा १६ महिना जुनियरलाई आईजीपी बनाएको भन्दै सोमबार अदालतमा रिट दायर गरेका हुन् ।
सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो । सिनियरलाई पाखा लगाउँदै आईजीपी नियुक्त गरिएको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारको विरोध गरिरहेका छन् ।


प्रतिक्रिया