काठमाडौँ – यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । मारिपोल गतसातादेखि यूक्रेनी र रुसी दुवै सैनिकको कब्जाम रहेको छ । मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र अजोन्वस्टल पनि नागरिकहरुले छोडेका छन् ।
यो ठाउँमा पछिल्लो समय यूक्रेनी सेनाको पकड रहेको छ । रुसले सयौँको संख्यामा नागरिकहरु रहेको गाउँमा पुगेको बताएको छ । संयुक्त राष्टसंघले युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्ने काम गत शनिबारदेखि शुरु भएको जनाएको छ ।
मारिपोलमा बंकरबाट बाहिर निस्किएकी ६ सन्तानकी आमाले २ महिनापछि बाहिर निस्किएको बताएकी छन् । संयुक्त राष्ट्रसंघका अनुसार सयौँको संख्यामा नागरिकहरु अझै बंकरमा फसेका छन् ।


प्रतिक्रिया