काठमाडौँ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए ।
‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो रु भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको आरोप लगाए । ‘ ‘यो देश काँग्रेस एमाले माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ, देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको छ’, लिङ्देनको भनाइ छ ।


प्रतिक्रिया