काठमाडौँ — राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ ।
‘हामी यो मुलुकलाई हिन्दु राष्ट्र बनाइ छाड्छौ । जनमत संग्रह गराएर पनि गराइ छाड्छौ’, राणाको दावी छ । उनले ८१ प्रतिशत नेपाली हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै हिन्दु राष्ट्र बनाउनबाट अव राप्रपालाई कसैले रोक्न नसक्ने बताए । फरक प्रशंगमा उनले नेपाल शक्ति राष्ट्रको खेल मैदान बन्नु दुर्भाग्य भएको बताए । नेता राणाले शक्ति राष्ट्रले नेपाललाई खेल मैदान बनाउँदा नेपाल र नेपालीको सार्वभौमसत्ता र स्वतन्त्रता खतरामा परेको पनि बताए ।


प्रतिक्रिया