Breaking

भाग्यमानी राजदूत: शर्मिला पराजुली


काठमाडौँ —बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट ओमानको राजदूतमा पाँच वर्षे कार्यकाल पूरा गरेर छ महिनाअघि फर्केकी शर्मिला पराजुलीलाई सरकारले फेरि पनि स्पेनको राजदूत सिफारिस गरेका छन् । उनलाई पराजुलीलाई लगातार दोस्रोपटक राजदूत सिफारिस गरेको हो । उनलाई २०७३ सालमा पहिलोपटक केपी शर्मा ओली सरकारले ओमनको राजदूत सिफारिस गरेको थियो । म्यानपावर व्यवसायीलाई राजदूत सिफारिस गरेको भन्दै विरोध भएपछि त्यतिबेला उनको सिफारिस फिर्ता गरेको थियो । त्यसपछि बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले पराजुलीलाई फेरि ओमानको राजदूत सिफारिस गरेका थिए ।

त्यसबखत संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राजदूतका रूपमा पराजुलीको ओमान यात्रा तय भयो । यसबीच प्रतिनिधिसभा निर्वाचन भयो र ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो । ओलीले आफू नेतृत्वमा आएपछि पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूत फिर्ता गरे पनि पराजुलीलाई भने निरन्तरता दिए । ओली अढाइ वर्ष सत्तामा रहँदा पराजुली राजदूत कायम रहिन् । ओलीको प्रतिनिधिसभा विघटन निर्णयलाई सर्वोच्च अदालतको परमादेशले उल्ट्याइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । देउवा सरकारले पनि पराजुलीलाई ओमानमा निरन्तरता दिइरह्यो । यसरी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी उनी सन् २०२१ अक्टोबर ११ मा नेपाल फर्केकी थिइन् ।

ओमानको कार्यकाल पूरा गरेर फर्केको छ महिनामै पराजुलीलाई देउवा र पुष्पकमल दाहालसमेतको संयुक्त सरकारले फेरि स्पेनको राजदूत सिफारिस गरेको हो । लगातार दोस्रोपटक राजदूत सिफारिसमा परेपछि ढकाल अहिले निकै खुसी छिन् । मेरो ओमान कार्यकाल सफल भएकाले मलाई सरकारले फेरि स्पेनको राजदूत सिफारिस गरेको छ मैले ओमान र नेपालको कूटनीतिक सम्बन्ध बढाउन धेरै राम्रा काम गरेकी थिएँ । अब स्पेनसँगको कूटनीतिक सम्बन्ध विस्तार र प्रगाढ बनाउन सरकारले नयाँ अवसर दिएको उनले बताइन् । ‘म नेपाल र स्पेनको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछु, उनले भनिन्, ‘देशको हितअनुसार काम गर्छु ।