काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आचारसंहिता आजैबाट लगाउने तयारी गरेको छ । आयोगले आज साँझ ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
आचारसंहिता कार्यान्वयनको सन्दर्भमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।


प्रतिक्रिया