काठमाडौँ — चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेकी छिन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् । पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ ।
निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया