Breaking

२० देशका लागि नेपाली राजदूत सिफारिस


काठमाडौँ — सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीको कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल सिफारिस भएका ती मन्त्रीले जानकारी दिए । दक्षिण अफ्रिकाका लागि रामबहादुर बम्जन तामाङ, ओमानका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, जापानका लागि दुर्गाबहादुर सुवेदी राजदूत सिफारिस भएका छन् ।