बैँक / वित्त

कामना सेवा बैंकद्वारा ‘कामना सेवा कस्टमर डे’ सम्पन्न


काठमाडौँ – कामना सेवा बैंकले ‘केएसबीबीएल केयर’ समेत सञ्चालनमा गरेको छ । आफ्नो सेवा तथा सुविधाहरूलाई थप सरल र ग्राहकमैत्री सेवा प्रवाह गर्न बुधबारदेखि ‘केएसबीबीएल केयर’ सञ्चालनमा ल्याइएको हो ।

बैंकको वार्षिकोत्सवको अवसरमा ‘केएसबीबीएल केयर’ अन्तर्गत ‘कामना सेवा कस्टमर डे’ कार्यक्रमसमेत देशव्यापीरूपमा आयोजना गरि सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकले आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नाका साथै धन्यवाद ज्ञापन गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतले बैंकको उत्तरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेको भन्दै सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।