अर्थनीति

सुन र चाँदीको मूल्य वृद्धि


काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३०० र चाँदी २० रूपैयाँ बढेको छ ।

महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रूपैयाँ तोकिएको छ । मंगलवार प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँ बढेर एक हजार २८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।