देश

तीन वर्षीय बालकको कारको ठक्करबाट मृत्यु


काठमाडौँ – राजधानीस्थित धापासीमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । तीन वर्षीय तीन वर्षीय श्रीयन पाण्डेको मंगलबार बेलुकी ९ बजे उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

पाण्डेलाई मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
ठक्कर दिने कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।