देश

बुटवलमा अनेरास्ववियु र प्रहरीबीच झडप, ५ जना घाइते


काठमाडौँ – बुटवलमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ ।

सोमबार सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो । उक्त झडपमा परेर ५ जना कार्यकर्ता घाइते भएका छन् । यसैगरी उनीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए ।

झडपमा घाइते हुनेहरुमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ रहेका छन् ।