देश

माक्सको नयाँ रुप,नाकमात्र छोप्ने ‘कोस्क’


काठमडौँ – दक्षिण कोरियाको एक कम्पनीले अनौठो मास्क तयार गरेको छ । कोरियाली कम्पनी एटम्यानले नाकमात्र छोप्ने यस्तो अनौठो मास्क बनाएको छ ।

सामान्य हाल चल्तीमा रहेको माक्सभन्दा फरक किसिमको यो मास्क लगाएपछि मुख खुल्ला रहन्छ । अहिले निकै चर्चामा रहेको यस मास्कलाई ‘कोस्क’ नाम दिइएको छ ।

यो मास्कको नाम ‘कोस्क’ राख्नुका कारण कोरियन भाषामा नाकलाई बुझाउने शब्द ‘को’ हो भने त्यस्तै अन्तिमको शब्द माक्सकै हिज्जेबाट लिई ‘कोस्क’ नामाकरण गरिएको बताइएको छ ।

कोरोना महामारीको यो समयमा मास्क हाम्रो अनिवार्य पहिरन बनिरहेका अवस्थामा कोरोना भाइरसबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै मास्क हुन पुगेको छ । तर कतिपय मानिसहरुलाई नाकमुख छोप्ने मास्क लामो समयसम्म लगाउँदा स्वासप्रस्वासजन्य समस्या हुने गर्दछ । खानपिन गर्ने बेलामा त मास्क फुकाल्नैपर्ने हुन्छ । यहीँ कुरालाई मध्यनजर गर्दै कोरियाले नाकमात्र छोप्ने ‘कोस्क’ बनाएको हो ।

हुनत यो मास्क पूर्ण आकारमा पनि हुन्छ । तर फोल्ड गरेर केवल नाकमा मात्र पनि लगाउन सकिन्छ ।

हाल अनलाइनमा बिक्रि भैरहेको यो मास्कलाई KF80 ट्याग दिइएको छ । जसमा K को अर्थ कोरियन र F को अर्थ फिल्टर हो । उत्पादक कम्पनीका अनुसार यसले ०.३ माइक्रोन कणहरुलाई समेत ८० प्रतिशत दक्षताका साथ फिल्टर गर्दछ ।