काठमाडौँ – सरकारले सोमबार स्थानीय तह निर्वाचनको मिति तोक्ने भएको छ। भोली बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले निर्वाचन मिति घोषण गर्ने तयारी भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो। ‘सोमबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगले तोकेकै समयमा चुनावको मिति घोषणा गर्छ,’ मन्त्री कार्कीले भने।
यसअघि प्रधाानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो। त्यही समझदारीअनुसार सरकारले मिति तोक्ने तयारी गरेको हो।


प्रतिक्रिया