देश

वायु गुठी समस्या तत्काल समाधानका गर्न पीडितहरुको माग


काठमाडौँ – धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न पीडितहरुले माग गरेका छन् । श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले पत्रकारहरुसंग अन्तरक्रिया गर्दै सरकारले तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर समस्या समाधान गर्न आग्रह गरेको हो ।

साथै, समस्या समाधान नभए आफूहरु सरकारलाई नागरिकता बुझाउनसमेत पछि नपर्ने समितिले चेतावती दिएको छ । जनताको स्वामित्वमा रहेको घर÷बारीलाई श्री ५ को वायु गुठी नापीबाट रैथानको पूर्जि दिइएको छ । त्यस रैथानको पूर्जालाई पनि सरकारले हचुवाको भरमा सम्वन्धीत निकायलाई थाहै नदिई मोही कायम गरेको उनीहरुको गुनासो छ ।

धादिङको ज्यामरुङ, कटुञ्जे गोरखाको थुमी, आरुघाट लगायत विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौदेखि भोगचलन गर्दै आएको र नापी हुँदाका बखतदेखि नै रैथान पुर्जा जग्गाधनी तर, अहिले राज्यले हचुवाको भरमा आफूहरुलाई मोही बनाउन खोजिएको उनीहरुको दावी छ ।

समितिले ‘बा जग्गाधनी, छोरा मोही’, हाम्रो जग्गामाथिको अधिकार खोई’, ‘श्री ५ को वायु गुठीको नाममा भएको राज्य आंतक बन्द गर, सम्पत्तिमाथिको मौलिक हक कायम गर’ लगायतका नारा अघि सारेको छ ।