देश

इन्धन भर्न ढिला हुँदा परराष्ट्रमन्त्री विमानस्थलमै अलमल्ल


काठमाडौँ – यति एयरलायन्सको एनवाईटी ७८४ नम्बरको विमान विराटनगरबाट काठमाडौँ फर्कन लागेका परराष्ट्रमन्त्री नारायण खड्का झन्डै एक घण्टा विराटनगर विमानस्थलमै रोकिन परेका छन् । विमानमा इन्धन भर्न ढिलाइ हुँदा परराष्ट्रमन्त्री खड्का विमानस्थलमा अल्मलिन परेको हो ।

साढे २ मा उड्नुपर्ने विमान ४५ मिनेट ढिलो भएको यति एयरलायन्सका प्रतिनिधि प्रेम कुँवरले बताए । नेपाल आयल निगमको विमानस्थल डिपोका कर्मचारीको लापरवाहीले यस्तो समस्या आउने गरेको उनले बताए ।

प्रत्येक विमानमा इन्धन भरेपछि कर्मचारीले इन्धन भर्ने गाडी लिएर डिपोमा जाने र आउन ढिलो गर्ने गरेकाले समस्या हुने गरको बताएका छन् ।