देश

कृष्णनगरका नगर प्रमुख शाह कांग्रेशमा प्रवेश


काठमाडौँ – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेका शाह कांग्रेसमा प्रवेश गरेका हुन्। कपिलवस्तुको बहादुरगञ्जमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा प्रवेश गराएका हुन्।

यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि शाह माओवादीमा प्रवेश गर्ने चर्चा थियो। शाह लामो समय स्वतन्त्रबाट राजनीति गर्दै आएका थिए।