देश

मोरङ हत्या : थप दुई जना पक्राउ


काठमाडौँ – मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आज थप २ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मोरङको रंगेलीका ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्का १८ वर्षीय मोहमद हकिम रहेका छन् । यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरेको थियो ।