देश

बेमौसमी झरीले करोडौंको काँचो इट्टा नष्ट


काठमाडौँ – लगातार तीनदिन देखी परेको बेमौसमी झरीले सर्लाहीमा करोडौं रुपैयाँका काँचो इट्टा नष्ट भएको छ । बेमौसी वर्षाले जिल्लाका दर्जनौं इट्टा उद्योगमा घाममा सुकाउन राखिएका काँचो इट्टा गलेर नष्ट भएका हुन् ।

दर्जनौं इट्टा उद्योगमा एक महिनादेखि मजदुर लगाएर बनाएको काँचो इट्टा वर्षाले नष्ट भएपछि संचालकहरु निरास भएका छन् ।

इट्टाको माग बढेको अवस्थामा बेमौसमी झरीले नष्ट बनाईदिएपछि उद्योगीहरु चिन्तित भएका छन् ।।