देश

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते, २ को अवस्था गम्भीर


काठमाडौँ – बर्दियामा यात्रुवाहक बस सडकभन्दा करीब १५ मिटर तल खसेको छ । बाँसगढी नगरपालिका–३ मा आज बिहान सवा ३ बजे बस खस्दा ३५ जना यात्रु घाइते भएका छन् ।

कालीकोटबाट महेन्द्रनगरतर्फ गइरहेको बस अनियन्त्रित भई खस्दा घाइतेमध्ये हुँदा ११ वर्षीया शीतला उपाध्याय र ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ । शीतला लीकोटको त्रिवेणी गाउँपालिका–६ र ओमना सान्नी त्रिवेणी गाउँपालिका–७ को रहेको खुल्न आएको छ ।

गम्भीर घाइते भएका उनीहरुलाई बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको छ । भने सामान्य घाइते भएकाहरुको स्थानीय अस्पताल कौशिल्यामा उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई भने नियन्त्रणमा लिइसकेको छ ।