देश

काँग्रेस वडा सभापति हातहतियार कसुरमा पक्राउ


काठमाडौँ – नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका– ७ का वडा सभापति मिलनकुमार राई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।