राजनीति

एमसीसीबारे रामचन्द्र पौडेल र नारायणकाजी श्रेष्ठबीच वार्ता


काठमाडौँ — अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले सत्ता गठबन्धनमा विवाद बढिरहँदा दुई नेताबीच बुधबार अपरान्ह वार्ता भएको छ ।

बुधबार अपरान्ह नयाँ बानेश्वरमा कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच वार्ता भएको हो । उक्त वार्ताका क्रममा नेता श्रेष्ठले एमसीसीबारे सत्ता गठबन्धनमा साझा धारणा बनाएर अघि बढाउन आग्रह गरेका छन् ।

पौडेलले भने अब एमसीसीलाई लामो समय रोक्न नहुने कुरा राखेका थिए । एमसीसीलाई लिएर गम्भीर विवादमा फसेको सत्ता गठबन्धनका शीर्ष नेताहरु बुधबार दुई पटकसम्म संवादमा जुटेका बेला दोस्रो तहका दुई नेताबीच वार्ता भएको हो ।