राजनीति

धनगढीमा प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा झडप, प्रहरीसहित ८ जना घाइते


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन् ।