राजनीति

एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै, स्थानीय निर्वाचनको तयारीबारे छलफल हुने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो बस्ने बैठकमा स्थानीय निर्वाचनको तयारीबारे छलफल हुने नेता विष्ण रिजालले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणबारे पनि छलफल हुने छ । यस्तै, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा पनि छलफल हुने कार्यसूची रहेको एमालेले जनाएको छ ।