राजनीति

सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतामा मद्दच पुग्ने राष्ट्रपतिको विश्वास


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले चाडपर्वले नेपाली मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्न सहयोग पु¥याइरहेको बताउनुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपतिको विश्वास छ । सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले लिनुभएको छ ।