राजनीति

सडक र सदनबाट सरकार घेर्दै एमाले


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौं २३ यता सदन चल्न दिएको छैन । सदन प्रभावहिन बनाएको एमाले सरकार विरुद्ध थप आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । एमाले निकट भातृसंगठनहरु महामारीकैबीच सरकारविरुद्ध सडकमा उत्रिएका छन ।

सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारवाहि गर्न सिफारिस गरेका सांसदहरुलाई बचाएको आरोपमा एमालेले सदन अबरुद्ध पार्दै आएको छ । सभामुखलाई कारवाहिको माग सहित भदौं २३ यता एमालेले सदन ठप्प पारेको छ । नयाँ सरकार गठनसँगै रुष्ट बनेको एमाले सरकार गठन भएको साढे ६ महिनापछि सडक पनि अवरोध गर्ने तयारीमा छ । विहिबार प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विभिन्न भातृसंठनहरुले सरकार विरुद्ध सरकारका मन्त्री र सभामुखलाई कालो झण्डा देखाउनेदेखि खोपमा भ्रष्टचार भएको भन्दै स्वास्थ्यमन्त्रीको कारवाहिको माग सहित अख्तियारमा उजुरी पनि दिएका छन् ।

विहिबार नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो नै छेकेर, घेरा हालेर कालो झण्डा देखाए । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरेको भन्दै कालो झण्डा देखाएका हुन् । विहिबार नै बनेपामा सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइयो । सिन्धुपाल्चोक हिडेका सापकोटाको भूमिकाको विरोध गर्दै बनेपामा राजीनामाको माग गर्दै विरोध जनाएका थिए । २४ लाख डोज भ्याक्सिन गायब पारेर संस्थागत रुपमा नै करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको आरोप सहित छानविन गर्न मुद्दा दर्ता गराएका छन ।

आम सर्वसाधरणको जनजीविकासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा सरकार गैर जिम्मेवार भएकाले आफुहरु सडकमा उत्रिएको एमालेको तर्क छ । नागरिकले पनि आफुहरुको विरोधलाई स्वागत गर्ने नेताहरुको दावी छ ।

सरकार विरुद्ध सदनदेखि सडकको संघर्षमा उत्रिएको नेकपा एमालेको विरोध अझ शसतm हुने नेकपा एमाले नेताहरु बताउँछन । जनसंगठन समन्वय संगठन संयोजक समेत रहेको एमाले नेता भानुभतm ढकालले संविधान र कानुनको रक्षाको निम्ति आन्दोलनको आँधिवेरी नै ल्याउने दावी गरे ।

मुलुकलाई अर्ली इलेक्सनमा लानकै लागि दुई दुई पटकसम्म संसद विघटन गरेको एमाले अहिले संवैधानिक व्यवस्था अनुसार निर्वाचन गर्नुपर्ने मागसहित सडकमा आउनुलाई सत्ता गठबन्धन र सरकारले भने बिरोधका लागि विरोधको रुपमा बुझेको छ ।