राजनीति

मधेशमा सीके राउतको क्रेज : मधेशवादी दलको मुटु काम्न थाल्यो, उदण्ड सीके राउत मधेशमा के चाहन्छन् ?(भिडियोसहित)

सीके राउत के चाहन्छन् ?


काठमाडौँ — पृथकतावादी अभियान छाडेर राष्ट्रिय राजनीतिमा आएका सीके राउतको मधेशमा जगजगी छ । किसान आन्दोलनदेखि जनकारवाहीको मुद्दा उठाएर अराजक गतिविधि चलाइरहेका छन् । जसले मधेशमा सीके राउत के चाहन्छन् भन्ने प्रश्न उठाएको छ ।

सीके राउतको मधेश केन्द्रीत जगजगीले मधेशलाई नै जग बनाएर उदाएका अन्य दलहरु अत्तालिएका छन् । भौतिक पूर्वाधारमन्त्री समेत जसपा नेतृ रेणुकुमारी यादवको भर्खरै सार्वजनिक अभिव्यक्ति पनि त्यसकै एकपराकाष्ठा हो ।

राजनीतिक प्रतिशोधकै लागि रौतहटको गौरमा बोलिएको यो भाषाले मन्त्रीको हिंसा भड्काउने र कसैको ज्यान लिने दुस्साहस मात्रै बोलेको छैन, सीके राउत नेतृत्वको जनमत पार्टीका पछिल्ला गतिविधिले त्राहिमाम बनाएको पटाक्षेप पनि भएको छ । यता थप अराजक बन्दै गएका सीके राउत मधेशमा के चाहन्छन् भन्ने प्रश्न पनि टड्गारो बनेको छ ।


नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएका सीके राउतकोदल निर्वाचन आयोगमा दर्ता भयो । राउतलाई शान्ति प्रक्रियामा ल्याउन सकिएको विषय मात्रै ओलीले आफ्नो कार्यकालकोएक महत्वपूर्ण उपलब्धी मानेका छन् ।आगामी निर्वाचनमा यी दुवैबीच मधेशमा चुनावी तालमेल हुनेसम्मको सम्भावना आँकिएको छ । तर शान्ति प्रक्रियामा आएको तीन वर्ष पनि बित्न नपाउँदै सीके राउत नेतृत्वको जनमत पार्टीमधेश प्रदेशमा अराजक रुपले प्रस्तुत भइरहेको छ, र यसलाई किसान आन्दोलन र जनकारवाहीको नाम दिइएको छ ।

किसानले समयमै गहुँको बिउ नपाएपछि औरही गाउँपालिकामा तोडफोड गर्दै जनमत पार्टीले गहुँ नै लुटिदियो । प्रशासनले जनमत पार्टीका कार्यकर्तासहित आन्दोलनमा उत्रिएका किसानमाथि मुद्दा चलाएपछि चक्काजाम र आमहड्ताल गर्दै सवारीसाधनमा तोडफोड र आगजनी गरियो । सिरहाबाट सुरु भएको किसान आन्दोलन झापादेखि बर्दियासम्म पुगिसकेको छ ।जेजस्ता घटनाहरु अग्रपंक्तिमा देखिए पनि सीके राउतले जसपासहितका दललाई निशाना बनाउनुको खास कारण राजनीतिक स्पेसको खोजी नै रहेको बुझ्न कठिन छैन ।

राष्ट्रिय सभाको निर्वाचन बिथोल्नकै लागि लाठी र भाला बोकेर मतदानस्थलमै पुगेपछि प्रहरीले दर्जनौ पटक अश्रुग्यास हानेको थियो ।जहाँ जहाँ सरकारका मन्त्री पुग्छन्, त्यहाँ सीके राउतका कार्यकर्ता कालो झण्डा लिएर पुग्छन् ।भ्रष्टाचार र लापरबाही गर्नेमाथि कालोमोसो दलेर नगर परिक्रममा गराउँछन् ।मुलतः मधेश आन्दोलनका बेला जनतालाई देखाइएका सपना, नारा र आश्वासन पूरा नहुँदा जनतामा निराशा छ।

यही जनताको निराशा र मनोविज्ञान बुझेर सीके राउतलेमधेश प्रदेशकोजनमत आफ्नो पक्षमा तान्ने प्रयत्नमा छन् । जसले मधेशका अन्य दलको भविष्यसमेत संकटमा देखिन्छ । तराई मधेशमा जनप्रतिनिधिहरुको काम गर्ने शैली, अनियमितता र ढिलासुस्ती सीके राउतको पार्टीले मुख्य मुद्दा बनाइरहेको छ।तर जनमत तान्ने नाममै अपनाइएको शैलीले आलोचना पनि खेपेको छ ।

जनमत पार्टीले उठाएका मुद्दामा पछिल्लो समयको मधेशको जनमत पनि बढीरहेको छ । जसले मधेशलाई भोट बैंकका रुपमा प्रयोग गरिरहेका दलहरुले भविष्य संकटमा पर्दै गइरहेको अर्थमा बुझिरहेका छन् । तथापी राजनीतिक प्रतिपस्र्धाका नाममा अराजकता मच्चाउनुलाई क्षम्य मानिएको छैन ।