राजनीति

स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।