राजनीति

स्थानीय चुनाव समयमै हुनुपर्छ : प्रकाशमान सिंह


काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार समयमै निर्वाचन गरिनुपर्ने सिंहले बताए ।

आज काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले भने, ‘संविधान र स्थानीय तह निर्वाचन ऐनअनुसार समयमै निर्वाचन हुनुपर्छ ।’

सिंहले संविधानअनुसार पाँच वर्षमा स्थानीय तह निर्वाचन हुनुपर्ने बताए । संविधान पालना गर्न अहिलेको गठबन्धन बनेको भन्दै उनले संविधानअनुसार नै निर्वाचन गरिनुपर्ने बताएका छन् । सरकारले जेठ ५ अगाडि नै स्थानीय निर्वाचन गर्ने तयारी गरेको छ ।