राजनीति

सिन्धुपाल्चोक जाने क्रममा सभामुख सापकोटालाई कालो झण्डा


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।

गृहजिल्ला सिन्धुपाल्चोक जान लागेका सापकोटालाई अनेरास्ववियुले बनेपा बुडोलमा कालो झन्डा देखाएको हो । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।