राजनीति

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो सरकार


काठमाडौँ – सरकार स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचन आयोगसँग छलफल गरेर मिति तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

आयोगले जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । जेठ ५ भन्दा पछि स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ । सकभर कानुन संशोधन गर्न नपर्ने गरी मिति घोषणा गर्ने सरकारको तयारी रहेको छ ।

केही संविधानविद्हरूले भने स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए । हालै बसेको सत्तारूढ गठबन्धन बैठकमा पनि स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति भएको थियो ।