राजनीति

सोनाम ल्होसारको अवसरमा भोली वाग्मती प्रदेशभर सार्वजनिक बिदा


काठमाडौँ – वाग्मती प्रदेश सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वाग्मती प्रदेश सरकारको सोमबार बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएका थिए । ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

यसैगरी ल्होसारकै अवसरमा मकवानपुरका तीनवटा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मकवानपुरको वाग्मती, बकैया र राक्सिराङ गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका हुन् । वाग्मती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होसार पर्व विशेष महत्त्वका साथ मनाउने गर्दछन्

हरेक वर्षको भदौ २२ गते चेपाङ समुदायको न्वागी पर्व पर्छ । उक्त दिन सार्वजनिक बिदा गर्न प्रदेश सरकारसँग चेपाङ समुदायले माग गर्दै आएका थिए । वाग्मती प्रदेशका १३ जिल्लामध्ये तीन जिल्ला मकवानपुर, धादिङ र चितवनमा चेपाङ समुदाय बसोबास बाक्लो रहेको छ ।