समाचार

कोरोनाविरुद्वको लाखौँ खोप खै ?

योहो संवाददाता

काठमाडौँ – सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ८ लाख ७६ हजार ९ सय मात्रा खोप लगाइएको छ । त्यसैगरि अहिले केन्द्र र प्रदेशको भण्डारमा ७२ लाख ९९ हजार ९ सय ८५ मात्रा खोप रहेको टेकु स्थिति आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

साथै आजको मितिसम्म नेपालमा खरिद तथा अनुदानमा ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप भित्रिएको छ । यी सम्पूर्ण तथ्याङ्घलाई मिलान गर्दा ३८ लाख ७२ हजार ७ सय ५५ मात्रा खोपको कुनै हिसाव भेटिदैन । तथ्यांकका आधारमा प्रयोग मै नआएका तथा भण्डारणमा समेत नरहेका ती खोपहरु कहाँ गयो त रु नेपाल खोप भित्रिन थालेको १ वर्षको अवधिमा साढे ३८ लाखभन्दा बढी मात्रामा खोप गायब हुनुलाई व्यवस्थापकिय कमजोरीका साथै अनियमिताका रुपमा अर्थाउन सकिन्छ । त्यसमाथि खोपको लगत राख्नु पर्ने आपूर्ति व्यवस्थापन महाशाखा समेत खोप हराएको नभइ पूर्ण विवरण प्राप्त नभएको कारण द्धिविधा उत्पन्न भएको दाबी गर्छ ।

अहिले प्रश्न उठेको छ । के यो सम्पूर्ण खोप खेरा गयो रु कि खोप लगाएकाहरुको सही विवरण नै सरकारसँग छैन रु कि यति धेरै मात्रामा खोप हिनामिना भयो रु तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा भने खोप नहराएको दाबी गर्छन् । मन्त्री खतिवडाका अनुसार लगाइएका खोपको पूर्ण विवरण नआएको कारण तथ्याङ्घमा त्रुटी देखिएको हो । साथै उनी सरकारले निर्णय गर्नु पूर्वनै कतिपयले बुस्टर डोजको रुपमा खोप लगाएको तर, रेकर्डमा नराखिएको हुदाँ सही तथ्याङ्घ नआएको दाबी पनि गर्छन् । सरकारले तथ्यांकमा नरहेको खोप खोजी गर्न छानबिन समिति समेत गठन गरेको छ । ५ सदस्यीय छानबिन समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ ।

समितिले दुई हप्तामा प्रतिवेदन दिनुपर्ने छ । त्यसैगरी मन्त्रालयले ७ सय ५३ वटै पालिकासँग अहिलेसम्म लगाएको खोपको विवरण र मौज्दातबारे तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको छ । छानबिन समिति र निर्देशनका आधारमा सही विवरण बाहिर आउँछ कि आउँदैन भन्नका लागि दुई साता भने कुर्नै पर्छ । सही विवरण नआएको खण्डमा खोप मात्र नभएर राज्यको अर्बौ रुपैयाँ अनियमितता भएको मान्नु पर्ने हुन्छ । कतै खोप नै कम ल्याएर बढी मात्रा उल्लेख गर्दै रकम अपचलन त गरिएको छैन रु एक पटक त्यतातिर पनि छानबिन हुनु जरुरी छ ।