राजनीति

एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट, जसरी पनि पास गराउने बाटोमा देउवा (भिडियोसहित)


काठमाडौँ – लामो समय देखि उल्झनमा रहेको एमसीसीलाई वारपार गराउने लक्ष्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन । त्यसका लागि गठबन्धन नै टुटाउन समेत पछि नपर्ने बताएका उनले विपक्षी दल एमालेसंग पनि सहायताको हात अघि बढाएपछि सत गठबन्धनमा तरंग आएको छ ।

लामो समयदेखि चर्चा परिचर्चा, विरोध र वहसको विषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतलाई पास गराउन प्रधानमन्त्री शेरबहादुुर देउवाले सक्रियता बढाएका छन् । सत्ता गठबन्धनका केहि दलहरुको अहमतीका वावजुत पनि देउवा गठबन्धन नै धरापमा पारेर भएपछि एमसीसी पास गराउनतर्फ अघि बढेका हुन । त्यसका लागि उनले प्रतिपक्षी दल नेकपा एमालेसंग समेत सहयोगका लागि साथ खोजिरहेका छन् ।

यसअघि प्रधानमन्त्री देउवा, विपक्षी नेता ओलीलाई भेट्न पुस २४ मा उनकै निवास बालकोट पुगेका थिए । करिब एक घण्टा चलेको सो भेटमा एमसीसीको विषयमा कुराकानी भएको थियो । सो समयमा प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र एमसीसी अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको थियो । यता काग्रेस नेताहरु पनि मुद्धाहरुमा देखिएको समस्या समाधानका लागि गठबन्धन बनेको र मुद्धाहरुमा सहमती नभए गठबन्धन टुटेर नयाँ समिकरण बन्ने बताउँदै आएका छन ।

यता जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि गठबन्धन टुट्न नदिन एमसीसी सम्झौता पास गर्नुपर्ने बताएका छन् । एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने उनले बताएका छन । तर नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र भने एमसीसीका विषयमा मतभेद देखिएको छ । अर्थात एमसीसीलाई लामो समय झुलाएर राख्न भन्दा यथासक्य चाडो निकास दिने कुरामा गठबन्धन सहमती भएपनि घटक दलहरुमा भने एकमत हुन नसकेको कांग्रेस नेताहरुको भनाई छ ।

यद्यपी सत्ता गठबन्धनको अध्ययन कार्यदलका सदस्य नारायणकाजी श्रेष्ठले भने यसको खण्डन गरेका छन । यता देउवा भने यसअघि एमसीसीको पक्षमा रहेको एमालेसँगको सम्बन्ध सहज हुनेमा ढुक्क देखिन्छन् । जुन ओलीको यसअघि कै माग हो । तर एमालेभित्रै डा.भीम रावलले भने एमसीसी पास नगर्न भन्दै प्रधानमन्त्री र सभामुखलाई रावलको खुलापत्र नै लेखेका छन ।

यतिवेला देउवा एमसीसी बोक्ने कि गठबन्धन भन्ने दोहोरो दवावमा देखिएका छन । संसद बैठकमा एमसीसी पेश गर्न तयारी भईरहँदा गठबन्धनको किचलोकै कारण पटकपटक सारिदै आएको छ । अर्कातर्फ स्थानीय तहको निर्वाचनका लागि ऐन संसोधन गर्न एमालेले संसदको अवरोध हटाउने र संसद खुलेको अवस्थामा एमसीसी अनुमोदनका लागि संसदमा अगाडि लैजाने प्रयासमा देउवा देखिएका छन ।

अर्थात संसद खुलेसँगै एमाले अध्यक्ष ओलीसँग सहमति जुटाएर एमसीसी अगाडि बढाउन सक्ने आंकलन भईरहेका वेला देउवाले गठबन्धन टुटेपनि अघि बढ्ने अभिव्यक्ति दिएपछि माहोला अझ तरङिगत बनेको हो ।