राजनीति

स्थानीय निर्वाचनको मिति छिटो तोक्न सरकारलाई एमालेको दवाव


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिनु भएको छ ।

आज नेकपा एमालेको केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताउनुभयो । सचिव अर्यालले एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने बताउनुभयो ।

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिनुभयो ।