देश

नेपाल लाइफ इन्स्योरेन्स सहित ११ बीमा कम्पनीलाई जरिवाना


काठमाडौँ – बीमा समितिले ११ बीमा कम्पनीहरुलाई जरिवाना तिराएको छ । समितिका अनुसार समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना तिराएको हो ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।

जरीवाना गरिएका बीमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।