राजनीति

महाधिवेशन छिटो गराउन काँग्रेस नेतृत्वमाथि नेविसंघको दवाव


काठमाडौँ – नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन । नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दवाव दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताउनु भयो ।

यता, सो पत्र बुझ्दै काँग्रेस केन्द्रिय सदस्य नैनसिंह महरले नेविसंघलगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिक रुपमा दवाव दिँदै आएको र अव बस्ने केन्द्रिय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाउनु भयो ।