राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो राष्ट्रियसभा निर्वाचनको परिणाम


काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभाको निर्वाचन प्रतिवेदन बुझाएको छ ।

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७।७८ तथा राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणम सहितको प्रतिवेदन पेश गरेका छन् । गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको हो ।

निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन पनि बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।