राजनीति

स्थानीय चुनावबारे छलफल गर्न एमाले केन्द्रीय कार्यालय बैठक


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । सोमबार केन्द्रीय कार्यालय थापाथलीमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको हो । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो ।

एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने छ ।