राजनीति

संविधानको धारा बङ्ग्याएर कुनै पनि हालतमा निर्वाचन रोक्न हुँदैन : भीम रावल


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा बङ्ग्याएर कुनै पनि हालतमा निर्वाचन रोक्न नहुने बताउनुभएको छ ।

सोमबार दिउँसो रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरि स्मृतीपत्र जारी गर्दै नेता रावलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, कानुन र संविधानको धारा बंग्याएर कुनै पनि निर्वाचन रोकिनुहुन्न भन्ने कुरामा म प्रष्ट छु ।’ नेता रावलले निर्वाचन लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भएकोले कुनै पनि हालतमा निर्वाचन रोकिन नहुने बताउनुभएको हो ।