देश

बञ्चरो प्रहार गरि बुबाको हत्या


काठमाडौँ – कञ्चनपुरमा छोराले आफ्नो बुबाको बञ्चरोले हानेर हत्या गरेको छ । लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने २६ वर्षीय रामविलास रानाले बुबा ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियुगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।