देश

हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु


काठमाडौँ – झापामा हात्तीको आक्रमणबाट ७१ वर्षीय खम्बा सिंह कार्कीको मृत्यु भएको छ । मेचिनगर–१३ चारआली कार्कीले घर नजिक आएको हात्तिलाई धपाउने क्रममा हात्तिले कुल्चिएको थियो ।

सोमबार बिहान ३ बजे भएको घटनापछि घाइते भएको कार्कीको अस्पतालमा मृत्यु भएको हो । हात्तिले कुल्चिएर उनको भित्रीभागमा चोट लाएको थियो भने बायाँ खुट्टा पनि भाचिएको थियो ।