राजनीति

देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, एमसीसीबारे छलफल


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । सो भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।