देश

विमानस्थलबाट अवैध विदेशी रकमसहित पाकिस्तानी नागरिक पक्राउ


काठमाडौँ – नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेको अवस्थमा हाफिज आत्तिक्यू उर रेहमानलाई प्रहरीले पक्राउ गरेको हो ।

३३ वर्षीय रेहमान म्यानपावर ब्यवसायी रहेको खुल्न आएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनको साथबाट ४७ हजार १५० साउदी रियाल, ४ सय युएई दिराम, ओमानी रियाल ५ दशमलव ५ र एक सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

रेहमानलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।