देश

अनलाईन बिंगो खेल्ने ७४ जना प्रहरी नियन्त्रणमा


काठमाडौँ – बौद्धबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोप ७४ जनालाई नियन्त्रणमा लिएको छ । आईतबार साँझ बौद्धस्थित प्लटिङ नजिक रहेको रेष्टुरेन्टमा अनलाईन बिंगो खेलिरहेका लाई पक्राउ गरेको हो ।
कोभिडको संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा पनि ठूलो संख्यामा मानिसहरुले भेला भई बिंगो खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी रेष्टुरेन्ट पुगेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार ६६ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट कूल ६ लाख १८ हजार २५० नगदसहित मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन बरामद गरिएको छ ।

रेष्टुरेन्टका सञ्चालक दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङ रहेको प्रहरीले जनाएको छ ।