राजनीति

काँग्रेस बैठक सकियो, केन्द्रीय कार्य सम्पादन समिति गठन


काठमाडौँ — नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
महामन्त्री गगनकुमार थापाको प्रस्तावमा उक्त कार्य सम्पादन समिति बनाएको हो।

नेपाली कांग्रेसको विधानको धारा २३ (१) अनुसार १३ पदाधिकारी स्वतस् पदेन सदस्य भएका छन् । धारा २३ (२) बमोजिम अन्यलाई सदस्यका रुपमा नियुक्त गर्ने व्यवस्था छ । कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको छ ।